Friday, March 11, 2011

संगठित हुदै मधेशका सशस्त्र समूहहरु

काठमाडौ/मधेशका सशस्त्र समूहहरू आपसी मोर्चा बनाएर मधेशीलाई अधिकार सम्पन्न बनाउने कार्यमा लागिपरेका छन् । झण्डै तीन दर्जन सशस्त्र समूहहरू सक्रिय रहेको मधेशमा नेपाल सरकारले विशेष सुरक्षा नीति लागू गरेर निर्दोष मधेशीहरूको गैर न्यायिक हत्या गराउन थालेपछि सत्तासीन मधेशी दल र नेपाल सरकारका विरूद्धमा सशस्त्र मोर्चाबन्दी गरिन थालिएको छ । अपराध कार्यमा संलग्न रही मधेशका सशस्त्र आन्दोलनलाई बदनाम गर्ने व्यक्ति वा समूहलाई समेत कारबाही गरिने योजना रहेको छ । मोर्चाबन्दी गर्न लागेको सशस्त्र समूहहरूले मधेशका पर्ूण्ा मुक्तिका निमित्त आफूहरूलाई तयार गर्न थालेको कुरा बताएका छन् । मधेशका सशस्त्र समूहहरू मधेशका निमित्त कार्यगत एकता गर्ने निर्ण्र्ाागरेका छन् । अज्ञात स्थलमा बैठक बसी मधेश विरोधी तत्वहरूलाई कारबाही गर्ने र माओवादीको अपराधिक क्रियाकलापलाई निर्मूल पार्ने रणनीति बनाएका छन् ।
विश्वस्त स्रोतका अनुसार बैठकमा अखिल तर्राई मुक्ति मोर्चा, संयुक्त जनतान्त्रिक तर्राई मुक्ति मोर्चा, मधेशी भाइरस किलर्स, तर्राई कमाण्डर र मधेश जनरक्षक पार्टर्ीीगायतका समूहहरूको उपस्थिति थियो ।
माओवादीले जनयुद्धकालमा मधेशी युवा शक्तिलाई हातहतियारको मुख्य शक्ति मान्ने गर्थे । मधेशका जिल्लाहरूमा माओवादीले हात-हतियार बनाउने अडानै बनाएका थिए । माओवादीका ठूल-ठूला नेताहरू मधेशकै जिल्लाहरूमा हात-हतियार बनाउने सिके । उनीहरूले धेरै समय मधेशी युवाको विश्वास र उनीहरूको सहयोगमा भूमिगत समय बिताए । माओवादीले मधेशका विभिन्न गाउँहरूका, घरहरूमा, परालको बारीमा, गोठमा सकेट, गृनेट, प्रेसर कुकर लगायतका बम र कटुवा, भरूवा, थ्रीनट, एकनाले, दर्ुइनाले जस्ता बन्दुकहरू बनाउने गरेका थिए । जसको प्रमाण अहिलेका मधेशका सशस्त्र भूमिगत संगठनहरूसँग रहेको बन्दुकहरूबाट बुभ\mन सकिन्छ ।
माओवादीले जनयुद्धका क्रममा मधेशी युवालाई बन्दुक र बम बनाउने कालिगढको रूपमा प्रयोग गर्ने देखि लिएर बन्दुक ल्याउने पुर्‍याउने काममा समेत प्रयोग गरे । पहाडी इलाकामा रहेका माओवादी कार्यकर्ता र सेनालाई मधेशबाट खाद्यान्न संकलन गरेर पुर्‍याउने काममा पनि निकै प्रयोग गरे । सिराहाको बन्दीपुर, धनुषाको यदुकोहा, लगायतको मधेशका विभिन्न मुख्य स्थानहरूमा माओवादीले गरेको आक्रमणमा हजारौं मधेशी युवाको ज्यान गयो । माओवादीले मधेशका धेरै गाउँहरूबाट घरैपिच्छे युवालाई आप\mनो सेनामा लगे, युद्धमा सामेल गराए । माओवादी भनेरै सयौं मधेशी युवालाई तत्कालिन शाही सेनाले गोली हानेर हत्या गरे । मधेशी युवाले दिएको बलिदानलाई माओवादीले बिर्सदै गएको छ । मधेशी युवाको बलिदानको परिणाम स्वरूप मधेशी युवाको हात शुन्य लागेको छ । माओवादीको जनयुद्धमा सहादत प्राप्त गरेका र अंगभंग भएका हजारौं मधेशी युवालाई माओवादीले बेवास्ता गरेका छन् ।
माओवादीले युद्ध लड्न आप\mनो सेनामा लगेका हजारौं मधेशी युवालाई अलपत्र बनाएका छन् । उनीहरूलाई विभिन्न बाहानामा खाली हात फर्काएका छन् । मधेशी मुलका कतिपय जनमुक्ति सेनालाई अयोग्य भनि फर्काएका छन् भने कतिपयलाई मधेशमा हप्ता असुली गर्ने ठेक्का दिएका छन् । मधेशी युवाबाट माओवादीले खाद्यान्न र रकम असुल्ने काम गराए तर उनीहरूलाई उचित दर्जा दिएको छैन । स्वतन्त्रता, राष्ट्र निर्माण र हक-अधिकारका लागि माओवादीमा लागेका मधेशी युवा निराश भएर थकित अवस्थामा पुगेका छन् र अब उनीहरू शासक, शोसकहरू विरूद्ध पुनः लड्न तयार भएका छन् । जसको प्रमाणहरू मधेशमा जन्मेका कयौं भूमिगत संगठन हो । समय-समयमा माओवादी कार्यकर्ताहरूको हत्याबाट उनीहरूको रणनीति पत्ता लगाउन सकिन्छ । माओवादीसँग बदला लिन छुटै हात-हतियारले भरीभराउ दस्ता तयार भएको छ । माओवादीले युद्धमा लगेर धोका दिएका मधेशी युवा लगायत आदिवासी, जनजाति, दलितहरू मिलेर माओवादी विरूद्ध क्रान्तिको बिगुल फुकेको छ । उनीहरूले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', बाबुराम भट्टर्राई र मोहन वैद्य 'किरण' जस्ता नेताहरूको भंडाफोर गर्ने र उनीहरूलाई ध्वस्त गर्ने निर्ण्र्ाागरेका छन् । मध्य मधेशको जिल्ला दाङ्गमा केही दिन पहिले भएको माओवादीबाट धोका पाएका सेना र नेताहरूको एक भेलाले माओवादी विरोधी संगठनको निर्माण गरेको छ । उनीहरूले एक भूमिगत पार्टर्ीीठन गरी त्यसको खुला मोर्चा पनि निर्माण गरेका छन् । भूमिगत संगठनको नाम माओवादी कम्युनिष्ट केन्द्र राखेका छन् भने खुला मोर्चाको नाम संयुक्त जनवादी मोर्चा राखेका छन् । उनीहरूको त्यस भेलाले १२ बुँदे नीति तय गरेको थियो । हाल माघमा भएको उक्त संगठनको केन्द्रीय समितिको बैठकले ६ वटा मान्यताहरू पारित गरेको छ । सो संगठनको उक्त बैठकबाट माओवादीका पर्ूव लडाकुहरूले गठन गरेको माओवादी कम्युनिष्ट समूहसँग पनि एकता गरेको छ । उक्त संगठनको अध्यक्षमा भोला बस्याल रहेका छन् भने महासचिवमा अर्जुन सिंह रहेका छन् ।
मधेशवाणीसँग कुराकानी गर्दै महासचिव अर्जुन सिंहले भने- 'ढोंगी कम्युनिष्टहरूसँग हामी जुनसुकै हालतमा बदला लिने छौं । यिनीहरूले सिधासाधा नेपाली युवाहरूलाई विभिन्न प्रलोभन देखाएर आप\mनो सत्तास्वार्थ पर्ूर्ति गर्‍यो । नेपाली जनता सामु यीनीहरूको चरित्र छरपस्ट हुँदै गएको छ, बाँकी भित्रि कुराहरू हामीले छरपस्ट गर्ने छौं । यिनीहरू आप\mनो चरित्र सुधारेन भने ज्यानबाट समेत हात धुने छन् ।'
उनका अनुसार आगामी बैशाख २३, २४ र २५ गते बुटवलमा खुला मोर्चाको राष्ट्रिय सम्मेलन गरिनेछ । जसबाट नयाँ कार्यनीति र लाखांै नेपाली जनतासँग धोका गरेको र करोडौं जनतालाई धोका दिईरहेको एकीकृत नेकपा माओवादीलाई तह लगाउने नयाँ नीति र कार्यक्रमहरू तय गरिने छ । निर्माण भएको यस संगठनमा मधेश लगायत विभिन्न इलाकामा रहेका भूमिगत संगठनहरू एक हुने संभावना रहेको समाचार स्रोत बताउँछ । माओवादी पार्टर्ीीट धोका पाएर घरमा बसेका पर्ूव लडाकु र माओवादीले घरपरिवार बर्वाद गरेका युवा शक्तिहरू एकजुट हुने स्रोतको दावी छ । यस संगठनमा पर्ूर्वी पहाडका एक दर्ुइ संगठन र तर्राईका एक संगठन सामेल हुने पक्का पक्कि भएको स्रोतको भनाई रहेको छ । साथै केही दिन भित्र तर्राई-मधेशका विभिन्न संगठनहरूसँग एकता हुने माओवादी कम्युनिष्ट केन्द्रका एक नेताको भनाई रहेको छ ।http://www.madheshvani.com.np/